Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पत्रकारिता जगतको समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्छौं : प्रधानमन्त्री


0
Shares

श्रमजीवी पत्रकारका समस्या समाधानका लागि यससँग सम्बन्धित ऐन–कानुन लागू गर्न आफ्नो नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमन्डलसँग आफ्नै कार्यालय सिंहदरबारमा सोमबार भेट गर्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रसँग अथाह शक्ति रहेकाले मुलुकका समस्या समाधानमा केन्द्रित हुन पनि आग्रह गरे ।

उनले आसन्न निर्वाचनहरुमा नेपालको पत्रकारिता क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा गरेको पनि बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा चुनौती अझै रहेको भन्दै श्रमजीवी पत्रकारहरुका समस्या समाधानका लागि पटक–पटक प्रयास भएपनि अझै समाधान हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

डा. विष्टले मुलुकलाई संवैधानिक ‘लिक’मा हिँडाउन पनि आसन्न निर्वाचनहरु गर्नैपर्ने भएकाले नेपाली पत्रकारिता जगत निर्वाचन सफल बनाउने पक्षमै केन्द्रित रहेको स्पस्ट पारेका थिए ।

मुलुकलाई ध्रुवीकृत हुन नदिने प्रधानमन्त्रीकारुपमा भूमिका खेल्न उनले प्रधानमन्त्री देउवाको ध्यानकर्षण पनि गराए ।