राजधानीमा आयोजित कार्यक्रममा उपत्यकाका १४ ओटा नगरपालिकाका मेयर–उपमेयरको सहभागिता रहेको थियो ।
तर, काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर भने अन्तरक्रियामा सहभागी भएनन् ।
सो अवसरमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामहरु, सडक तथा ढल, खानेपानी, सहरीकरणलाई व्यवस्थित गर्नेलगायतका विषयमा छलफल भएको जानकारी प्राधिकरणमा प्रमुख विकास आयुक्त भाइकाजी तिवारीले बताए ।
कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधिहरुले जनतालाई मर्का नपर्ने गरी सहरलाई व्यवस्थित गर्ने विषयमा धारणा राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्