Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


कञ्चनपुरका उखु किसान आन्दोलित


0
Shares

कञ्चनपुर, माघ २२ । सरकारले निर्धारण गरेको उखुको मूल्य नपाएको भन्दै कञ्चनपुरका किसान आन्दोलित भएका छन् ।

बेलौरीस्थित महाकाली सुगर मिलले किसानलाई सरकारले निर्धारण गरेको उखुको मूल्य नदिएपछि किसान आन्दोलित भएका हुन् । यसअघि किसानले मिलसँगको आपसी समझदारीमा उखुको मूल्य तोक्दै आएका थिए । तर यसवर्ष सरकारले प्रतिक्वीटल ५ सय ३६ रुपैयाँ मूल्य निर्धारण गरेपछि उनीहरुले आफूले पनि सरकारी मूल्य पाउनुपर्ने माग गरेका छन् ।

चिनी मिलले किसानसँग गरेको सम्झौता पनि कार्यान्वयन नगरेको स्थानीयको आरोप छ ।

यता, महाकाली सुगर मिलले भने मिल घाटामा चलेकाले किसानलाई सरकारले तोकेको मूल्य दिन नसकिने जनाएको छ । भारतीय उखुको मूल्य सस्तो भएपछि चिनी मिलले भारतबाट अवैध तरिकाले उखु भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

गतवर्ष किसान र चिनी मिलको सहमतिले उखुको मूल्य प्रतिक्वीन्टल ३ सय ७५ देखि ४ सय ५ रुपैयाँ तय गरिएको थियो । तर किसानले सो रकमसमेत हालसम्म पाउन सकेका छैनन् ।

 

Skip This