Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


हुण्डी कारोबारको आरोपमा ८ जना विरुद्ध ४ अर्बको मुद्धा


0
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारको आरोपमा ८ जना विरुद्ध ४ अर्ब १६ करोड रुपैयाँ बिगो दावी सहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ ।

विभागले रामेश्वर साह, उनकी श्रीमती मीनादेवी साह, विजय यादव, मोख्त अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दास विरुद्ध उक्त रकम बराबरको माग दाबी सहिति मुद्दा दायर गरेको जनाएको हो  ।

उनीहरुले मोबाइल एप्लिकेसन मार्फत विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट विभिन्न सांकेतीक भाषाको प्रयोग गरि ठुलो परिमाणमा अवैधरुपमा अन्तरदेशीय कारोबारसमेत गरेको प्रमाणित भएको विभागले जनाएको छ । 

 

Skip This