Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


जोरपाटीमा अनियन्त्रित भएको माइक्रोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते


0
Shares

जोरपाटी–बौद्ध प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीकाअनुसार कलंकीबाट थली जाँदै गरेको बा१ज ९८०९ नम्बरको माइक्रोबसले अनियन्त्रित भइ बिहीबार अपराह्न ४ बजे पदैलयात्री र सडकछेउमा तरकारी बेच्ने व्यक्तिलाई ठक्कर दिएको थियो ।

ठक्करबाट तरकारी व्यवसायी २७ वर्षीय रूपलाल साहको मृत्यु भएको छ भने सो दुर्घटनामा परी घाइते भएका ६० वर्षीया चिरीमाया बुढाथोकी र २२ वर्षीय प्रदीपकुमार साहको बौद्धस्थित शंखरापुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पुडासैनीले जानकारी दिए ।

ठक्कर दिने माइक्रोबस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस