Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


भारतबाट नेपाली बालकको उद्धार


0
Shares

गत जेठ २ गते घरबाट बेपत्ता भएका सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१ चनावारीका १० वर्षीय बालक जीवन कुमाललाई उद्धार गरिएको हो ।

सिमानाका गड्डाचौकी हुँदै भारत, काशीपुर पुगेका जीवनलाई काशीपुरको कुन्डा थानामा कार्यरत् भारतीय प्रहरीले बाटोमा रोइरहेको अलपत्र अवस्थामा फेलापारेका थिए ।

भारतीय प्रहरीले बालकलाई त्यहाँस्थित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई बुझाएको र उक्त संस्थाले कन्चनपुरस्थित माइती नेपाललाई जानकारी दिएपछि उद्धार गरिएको हो ।

आफ्नै गाउँको एकजना अंकल नातापर्नेले ललाइ–फकाइ आफूसँगै भारत लगेको र त्यहाँबाट ती अंकलसँग छुट्टिएको बालकले माइती नेपालसमक्ष बताएका छन् ।