Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पोखराको लजमा फ्रान्सेली पर्यटक झुन्डिएको अवस्थामा मृत भेटिए


0
Shares

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडको खहरेस्थित नमस्ते लजमा फ्रान्सेली नागरिक ३० वर्षीय फ्रान्सोक इन्सिक क्रस्टियन मृत भेटिएका हुन् ।

गत सोमबारदेखि सो लजमा बसेका उनी बिहीबारसम्म बाहिर देखिएका थिए । शुक्रबारदेखि कोठाबाट बाहिर ननिस्किएको र कोठाबाट गन्ध आउन थालेपछि होटलका कर्मचारी शनिबार बिहान कोठामा हेर्न गएका थिए ।

उनको कोठा भित्रबाट लगाइएको पनि थिएन । होटलका कर्मचारीले हेर्दा उनी भित्र झुन्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आफू बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर उनले आत्महत्या गरेको हुनसक्ने घटनास्थलको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ ।

कम बोल्ने र पेन्टिङ गर्ने उनले खाना पनि कोठाभित्रै पकाएर खाने गरेकाले दुई दिनसम्म होटलका कर्मचारीले पनि खोजतलास नगरेको जनाएका छन् । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।