काठमाडौं, माघ २० । नेपाल टेलिकमले फोरजी र एलटीई सेवा देशभर विस्तारका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।
टेलिकमले फोरजी र एलटीई सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको कम्पनीले जनाएको छ ।
यस सम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने टेलिकमले जनाएको छ ।
परियोजना १ बर्षमा सम्पन्न गरिने जनाइएको छ ।
यो पुरै आयोजनाको लागि १८ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने टेलिकमले जनाएको छ । आधुनिक प्रविधिसहितको पूर्वाधार निर्माण गरेर त्यसमै फाइभ जी अपग्रेड मिल्नेगरी काम गरिने टेलिकमले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्