Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विद्युत अवरुद्ध हुँदा खोटाङमा टेलिफोन सेवा ठप्प


0
Shares

दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईन अन्तर्गतको विद्युत एकदिन अघिदेखि अवरुद्ध हुँदा जिल्लामा नमस्ते, स्काई नेटवर्कका मोबाइल तथा ल्याण्डलाईन फोनसमेत अवरुद्ध भएको हो ।

आईतबार बिहानदेखि जिल्लामा कुनै पनि किसिमका फोन चलेका छैनन् । फोन नचल्दा हजारौं सर्वसाधारण मारमा परेका छन् ।

जिल्लामा विद्यतु अवरुद्ध हुने वित्तिकै फोन ठप्प हुने गरेको छ ।

शनिबारदेखि विद्युत अवरुद्ध भएको हो । उदयपुरको चप्पन र बरुवाबीचमा समस्या आउँदा विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ ।

विद्युत अवरुद्ध हुनुको प्रष्ट कारण अहिलेसम्म पत्ता लागेको छैन । नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका अनुसार वर्षा र हावाहुरीका कारण विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ ।

अवरुद्ध विद्युत सुचारु गराउनका लागि गाईघाटबाट प्राविधिकको टोली खटिसकेको प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्ध हुँदा खोटाङका ४० बढि गाविसका उपभोक्ता र ओखलढुंगाका सेवाग्राही मारमा परेका छन् ।

विद्युत अभावमा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको छ ।