३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


काठमाडौं–२६ मा वृद्धभत्ता वितरण


0
Shares

काठमाडौं, असार १९ । काठमाडौं महानगरपालिका वडा नम्बर–२६ का १७५ जना वृद्धवृद्धालाई प्रतिव्यक्ति महिनाको एक हजार रुपैयाँका दरले एक वर्षको १२ हजार वृद्धभत्ता वितरण गरिएको छ ।

७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई मंगलबार वडा कार्यालयले भत्ता वितरण गरेको हो ।

यसैगरी, अपांगता भएका २० जनालाई वार्षिक भत्तास्वरुप प्रतिव्यक्ति तीन हजार रुपैयाँ वितरण गरियो ।

महानगरपालिका वडा नम्बर–२६ का वडाध्यक्ष ख्याम तिवारीले दोसल्ला ओडाएर उनीहरुलाई भत्ता वितरण गरेका हुन् ।

कार्यक्रममा वडावासीको समस्याबारे सार्वजनिक सुनुवाइ पनि गरिएको थियो ।

यस्तै, वडा नम्बर–२६ मा चालू आर्थिक वर्ष २०७४/७५ मा गरिएका विकास निर्माणका कामबारे पनि जानकारी गराइएको थियो ।