Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


शेयर बजारमा गिरावट जारी


0
Shares

काठमाडौं, माघ २० । ब्रोकरलाई मार्जिन कारोबार खुलाले पनि शेयर बजार थेगिन सकेन । साताको शुरुको दिन आइतबार पनि शेयर बजार वियरिष ट्रेण्डमै रह्यो ।

बजार परिसूचक नेप्से साढे ८ अंकले ओरालो लागेर ११५३ मा आएर थामियो ।

कारोबार भने सामान्य सुधार आयो । यस दिन व्यापार समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

जीवन बीमा समूह सबैभन्दा उच्च ३७ अंक र निर्जीवन बीमा समूह पनि ३६ अंंकले झरे । होटल, उत्पादनमूलक र अन्य समूह पनि दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको १५ लाख २७ हजार कित्ता शेयर साढे ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।