प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको ‘चिफ अफ डिफेन्स’ र त्यसपछि बेलायतको सेनाध्यक्षको औपचारिक निमन्त्रणामा सहभागी हुन यही असार १६ गते संयुक्तराज्य अमेरिकातर्फ र असार २६ गते बेलायततर्फ प्रस्थान गरी असार ३१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति क्षत्रीको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले महतलाई कामु प्रधानसेनापति तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस










प्रतिक्रिया दिनुहोस्