३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नयाँ प्रविधिबारे सर्वसाधारण उत्सुक


0
Shares

काठमाडौं, माघ १९ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै हरेक क्षेत्रमा यसको प्रभाव देखिन्छ ।

विकसित पछिल्ला सूचना–प्रविधिबारे जानकारी दिन राजधानीमा आयोजित ‘क्यान’ मेलामा सर्वसाधारण यस्ता प्रविधिबारे बढी उत्सुक देखिएका छन् ।

यसपटकको प्रदर्शनीमा एप्पसबाट बिरुवामा लाग्ने रोगहरुको परीक्षण गर्ने प्रविधि पनि राखिएको छ । जसले सर्वसाधारणलाई आकर्षित गराएको छ ।

मेलामा बैंकिङ ‘खल्ती’ इसेवाले पनि सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

कागज एवं पैसाको कम प्रयोग गर्ने यस सेवाले डिजिटलाइजेसनमा महत्वपूर्ण सहयोग गरिरहेको आयोजक क्यान महासंघले जनाएको छ ।

यस्तै, शिक्षामा आएको परिवर्तन पनि प्रविधियुक्त बनेको छ ।

समयको बचत, मनोरन्जनसँगै बौद्धिक क्षमताको विकासका लागि पनि प्रविधिसँग जोडेर हेर्ने गरिएको व्यवसायी बताउँछन् ।

प्रविधिलाई शिक्षा, स्वास्थ्य, मनोरन्जनसहित अन्य पक्षसँग जोडेर प्रयोग गर्ने प्रचलन पनि बढेको छ ।

प्रविधिको प्रयोग स्वास्थ्यसँग पनि जोडिएको पाइन्छ ।

प्रविधिको प्रयोगलाई बढवा दिन सरकारी निकायबाट पनि प्रोत्साहित गरिनुपर्ने व्यवसायी बताउँछन् ।