
महाकाली–१ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी भए । सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाकाअनुसार महाकाली नगरप्रमुखमा कांग्रेसका हंशराज भट्टले ५८८ मत, नेकपा एमालेका नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन् । अहिले महकाली–२ को मतगणना भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्