९ असार २०८२, सोमबार | Tue Jun 24 2025


दुई स्थानीय तहमा एमाले विजयी, कांग्रेस र माओवादी एक–एक स्थानमा


0
Shares

पछिल्लो मत परिणामअनुसार बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । शाहीले १ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी ऐना गिरी विजयी भएकी छन् ।

बझाङको मस्टा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा विजयी भएका छन् ।

यस्तै बझाङको काँडागाउँ गाउँपालिकामा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा राजेन्द्र धामी र उपाध्यक्षमा कल्पना धामी विजयी भएका हुन् । एमाले उम्मेदवार मानबहादुर बोहोरा ८ मतले पराजित भएका छन् ।

यता, सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा डम्बरबहादुर बस्नेत र उपाध्यक्षमा शर्मिला बस्नेत विजयी भएका हुन् ।

प्रदेश नम्बर १, ५ र ७ मा का ३५ जिल्ला अन्तर्गत ३ सय ३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले ३ सयभन्दा बढी तहमा मत गणना भइरहेको जनाएको छ । मतगणना भइरहेका स्थानीय तहमा कांग्रेस र एमालेका उम्मेदवारबीच नै तिव्र प्रतिस्पर्धा छ ।

अहिलेसम्म कांग्रेस र एमालेका उम्मेदवार एक–एक सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएका छन् । त्यसैगरी माओवादी केन्द्रले पनि २८ स्थानमा अग्रता लिएको छ भने संघीय समाजवादी फोरम ४, लोकतान्त्रिक फोरमको ३ स्थान र राप्रपाले १ स्थानमा अग्रता लिएका छन् ।

केही स्थानीय तहमा भने अभैm मत गणना शुरु हुन सकेको छैन ।