९ असार २०८२, सोमबार | Tue Jun 24 2025


महानगर र उपमहानगरमा को अगाडि ? यस्तो छ प्रारम्भिक नतिजा


0
Shares

कांग्रेसका मेयर उम्मेदवार भीम पराजुलीले अग्रता लिएका हुन् । उनलाई नेकपा एमाले र लोकतान्त्रिक फोरमका गठबन्धन उम्मेदवार विनोद ढकालले पछ्याइरहेका छन् ।

त्यसैगरी निर्वाचन भएका सात वटा उपमहानगरपालिकामध्ये तीन वटामा नेपाली कांग्रेस, तीन वटामा नेकपा एमाले र एक वटामा राप्रपाका उम्मेदवार अगाडि देखिएका छन् ।

सुनसरीको इटहरी र धरान उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । यी दुवै उपमहानगरपालिकामा पनि कांग्रेसका उम्मेदवारलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिकामा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हिजो साँझसम्म बुटवलमा कांग्रेसका उम्मेदवार अगाडि रहेकोमा बिहानबाट भने एमालेका उम्मेदवारले अग्रता लिएको हाम्रा संवाददाताले जनाएका छन् ।

दाङको तुल्सीपुर र घोराही उपमहानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । दुवै उपमहानगरपालिकामा अहिलेसम्म कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा देखिएका छन् ।बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।