Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


0
Shares

बिहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध हुँदा कयौं सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।

गएरातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सडक विस्तार गर्ने काम भइरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो गएर बाटो अवरुद्ध हुने गरेको छ ।