९ असार २०८२, सोमबार | Tue Jun 24 2025


महाकाली नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी


0
Shares

नगरप्रमुखमा कांग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गरे ।

यस्तै, नगर उपप्रमुखमा कांग्रेसकी सुना बोहराले चार हजार १३२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गरिन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाकाअनुसार महाकाली नगरपालिकाका ९ ओटा वडामध्ये ८ ओटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ ।

कांग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका–१ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी भएका छन् ।

एमालेका हरसिंह डाँगा वडा नम्बर–९ को वडाध्यक्षमा विजयी भएका छन् । रासस