
केआइसिंह गाउँपालिकाको प्रमुखमा कांग्रेसका लोकेन्द्रबहादुर शाही २७६२ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १०७७ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मीना विष्ट भारी मतकासाथ विजयी भएकी छन् ।
मीना विष्टले २५६२ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी जोशीले १७१२ मत प्राप्त गरेकी छन् ।
सो गाउँपालिकाको पूरै वडामा वडाअध्यक्षसहित पूरै कांग्रेसको प्यानल विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस्