९ असार २०८२, सोमबार | Tue Jun 24 2025


बाजुराको गौमूल गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


0
Shares

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उमा रोकाया एक हजार ५५५ मत प्राप्त गरिन् ।

गौमूल गाउँपालिकाको चारओटा वडामा एमाले र दुईओटामा कांग्रेस विजयी भएको छ । रासस