फाइल फोटो
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको हो ।
इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमि नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।
बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिरोले ५० मिटर सडक ढाकेको छ । खनालकाअनुसार करिब ८ हजार घनमिटर पहिरो खसेको छ ।
पहिरो पन्छाउनेक्रममा दुईओटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाटमात्र पहिरो पन्छाउने काम भइरहेको छ ।
एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताए । रासस










प्रतिक्रिया दिनुहोस्