Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


वडामा एउटै चिह्न लिएर लडेका चार दललाई पछि पार्दै एमालेका उम्मेदवार विजयी


0
Shares

तालमेल गरेर एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त प्यानललाई एमालेका लिलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो ।

शुक्रबार घोषित मतपरिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा निर्वाचित भएका छन् ।

चार दल एकतिर लाग्दा पनि सो वडामा एमालेका चौहान, बलिरत्न राई, हरि चाम्लिङ, दिलशोभा राई र मसिनी दाहाल सार्कीको प्यानल विजयी भएको हो ।

सो वडामा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी र नयाँ शक्ति कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडेका थिए ।