Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


विश्व स्वास्थ्य कोषमा सहयोग बढाउन चिनियाँ दूतावासमा ज्ञापनपत्र


0
Shares

फाइल फोटो

राष्ट्रिय एचआइभी महासंघ, एड्स हेल्थ केयर फाउन्डेसनलगायत स्वास्थ्यसँग सरोकार भएका अन्य संस्थाबाट ज्ञापनपत्र बुझेपछि दूतावासले सो चासोलाई सकारात्मक रुपमा लिएको राष्ट्रिय एचआइभी महासंघका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिए ।

ज्ञापनपत्रमा सन् २०१७ देखि १९ सम्मका लागि एड्स, क्षयरोग तथा मलेरियाविरुद्ध लड्नका लागि विश्व कोषमा आफ्नो प्रतिबद्धतानुरुपको पूर्ण सहयोगका लागि आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै एचएफ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक दीपक ढुंगेलले चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो भन्दै, विश्वले स्वास्थ्य क्षेत्रमा चीनसँग अझ बढी सहयोगको अपेक्षा गरेको धारणा राखे ।

एड्स, क्षयरोग र मलेरियाविरुद्ध विश्वव्यापी रुपमा लड्ने अभियानका लागि चीनले विश्व सहायता कोषमा एक बिलियन डलर बराबरको सहायता उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।

युएन एड्सका अनुसार विश्व सहायता कोषमा कटौतीको यो शृखंलाले सन् २०२० सम्ममा एचआइभी उपचार र सहयोगी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या हुने र यसले २१ मिलियन मानिसको ज्यान जान सक्ने खतरा रहने छ । रासस