Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी


0
Shares

मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा विजयी एमालेका यादवबहादुर खापुङले एक हजार ६८३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउबहादुर लिम्बूले एक हजार ४९६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा भने कांग्रेसकी गीतादेवी तिम्सिना विजयी भएकी छन् । उनले एक हजार ४८६ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शंकरले एक हजार ४२० मत प्राप्त गरेकी छन् ।

मेन्छ्यायेम गाउँपालिकाका वडा न–१, २, ३ र ४ मा कांग्रेस तथा वडा नम्बर–५ र ६ मा एमाले विजयी भएको छ । रासस