भेटिएका शव सोही स्थानका १२ वर्षीया रितु थामी र १५ वर्षीया रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको छ । यसअघि, पहिरोले पुरिएकै अवस्थामा ३५ वर्षीय शान्ति थामी र सोही स्थानकी ७० वर्षीय महिला लाटी थामीको नजिकैको क्याङथली खोलाबाट शव निकालिएको थियो ।
पहिरोले पुरिएकाको प्रहरीले शव खोजिरहेको थियो ।
घरमा सँगै सुतिरहेको अवस्थामा मध्यराति दुई घर बगाउँदा एकै परिवारका तीन र अर्की एकल महिला लाटी थामी पहिरोमा परेका थिए । रासस










प्रतिक्रिया दिनुहोस्