Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


त्रिशूलीमा खसेर एक बेपत्ता


0
Shares

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार (आज) बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन् ।

सो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी एकसय मिटर तल त्रिशूलीमा खसेका हुन् । सो सडकको मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढतर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आएका चौधरी त्रिशूलीमा खसेका हुन् ।

पोखराबाट घरतर्फ जान आउँदैगर्दा तनहुँको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउनेक्रममा घटना भएको प्रहरीले जनाएको छ । पहिरो कटेर बस चढ्ने योजना बनाएका चौधरी बीचबाटोमानै त्रिशूलीमा खसेका हुन् । उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको छ ।

सोही सडकमा थप पहिरो आएपछि भाग्नेक्रममा हिजोपनि एकजनाको त्रिशूलीमा खसेर मृत्यु भएको थियो । रासस