
फाइल फोटो
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।
यही असार १४ गते दोस्रो चरणमा सम्पन्न गाउँपालिका/नगरपालिका निर्वाचनको मतगणनाकोक्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको संख्या र मतगणनाकोक्रममा देखिएको मतपत्रको संख्यामा फरक परेका घटना देखिएपछि आयोगले पछिल्लो निर्णय लिएको हो ।
रितपूर्वक मतदान सम्पन्न भइ मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेकोमा मतपेटिकामा देखिएको मतसंख्यालाई नै वास्तविक मतसंख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्