१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


ओली र सिटौलालाई गृहनगरमा चुनौती


0
Shares

सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो ।

सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा कांग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ ।

नगरको वडा नम्बर–१ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ ।

त्यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा भने एमाले राप्रपासँग पछि परेको छ । हालसम्मको परिणाममा एमालेको ११६ र राप्रपाको ५१२ मत रहेको छ ।

अध्यक्ष ओलीकै नगर दमकमा पनि एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रस्ट देखिन्छ । एमाले राप्रपासँग चार मतलेमात्र अगाडि देखिन्छ ।

त्यसैगरी, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र एमालेका रविन कोइराला रहेको मेचीनगरमा पनि दुबै पार्टीबीच उस्तै प्रतिस्पर्धा देखिन्छ ।

एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु–आच्छु बनाइरहेको देखिन्छ ।

शनिबार बिहानसम्म झिनो मतले अग्रता लिएको कांग्रेसलाई ९ बजेपछि आएको परिणामले एमालेको अग्रता देखाएको छ ।

झापामा राप्रपा पनि अगाडि छ । उसले दुईओटा वडामा अध्यक्ष र दुईओटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ ।

झापामा नेकपा माओवादी केन्द्रले भने अझैपनि कुनैपनि नगरपालिका र गाउँपालिकामा अग्रता लिन सकेको छैन । रासस