१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


तेह्रथुमको छथर गाउँपालिकामा एमालेलाई सफलता


0
Shares

एमालेका उम्मेदवार सन्तोष तिगेला तीन हजार ४३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज तिगेलाले दुई हजार ५५२ मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा पनि एमालेकी तारादेवी ढकाल विजयी भएकी छन् । ढकालले तीन हजार ३६८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी हिमादेवी पौडेलले दुई हजार ४८७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाको वडा नम्बर–१ मा कांग्रेसका बागी उम्मेदवारहरुको प्यानलै विजयी भएको छ ।

वडा नम्बर–२, ४, ५ र ६ मा एमालेको प्यानलै विजयी भएको छ भने वडा नम्बर–३ मा कांग्रेसको प्यानलै विजयी भएको छ । रासस