Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


कन्चनपुरको पुर्नवास नगरपालिकामा तनाव, सेनासमेत परिचालन


0
Shares

शनिबार दिउँसो ४ बजेतिर मतगणना भइरहेकाबेला फर्जी मतगणना भइरहेको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरुले विरोध गरेपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको हो ।

पुर्नवास नगरपालिका वडा नम्बर–१ को मतगणना भइरहेकाबेला खसेको मतभन्दा बढी मतगणना भएको भन्दै कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

विवादपछि मतगणना स्थगित गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फर्जी मत परेको कुरा बाहिरिएलगत्तै स्थानीयलेसमेत विरोध गरेको र स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको छ ।