Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


यस वर्षको रक्षाबन्धन नागपञ्चमीमै


0
Shares

साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरुहुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

साउन २३ गते सोमबार राति ११ बजेर ७ मिनेटमा खण्डग्रास चन्द्र ग्रहणले स्पर्श गर्नेछ । ग्रहणको मध्यराति १२ बजेर ६ मिनेटमा र मोक्ष राति १ बजेर चार मिनेटमा हुने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘पूर्णिमाका दिन ग्रहणपरी पर्व मनाउन नहुने अवस्थामा पञ्चमीकै दिन मनाउन सकिने व्यवस्था हेमाद्री, वीर मित्रोदय र निर्णय सिन्धुलगायत ग्रन्थमा छ, यसैले शास्त्रीय प्रमाणका आधारमा यो निर्णय गरिएको हो’ –उनले भने ।

यसअघि २०२८ सालमा पनि पूर्णिमाका दिन चन्द्र ग्रहण परेपछि नागपञ्चमीकै दिन रक्षाबन्धन र ऋषि तर्पणी पर्व मनाइएको समिति सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

असार २४ गते नै रक्षाबन्धन भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले आधिकारिक रुपमा साउन १३ गते नागपञ्चमीका दिन पर्व मनाउने निर्णय सर्वसम्मत रुपमा गरेको जानकारी दिएको छ । रासस