Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेस विजयी


0
Shares

मतपरिणामअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विजयबहादुर यादवले चार हजार १९२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै सायदा बानोले चार हजार ३१५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका जाबेदा खातुनले चार हजार १३४ मत प्राप्त गरेको मतदान अधिकृत टीकाराम बोहराले राससलाई बताए ।

उनकाअनुसार डुडुवा गाउँपालिकाको वडा नम्बर–२ को वडाध्यक्षमा कांग्रेसका गजेन्द्र किराँती एक हजार ४०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी फोरम नेपालका दुर्गाप्रसाद बर्माले एक हजार ३८२ मत प्राप्त गरेका छन् ।

यसैगरी, महिला सदस्यमा लीलावती यादव, महिला दलित सदस्य रेखाकुमारी खटिक, सदस्यमा इजाजुद्दिन खाँ र विनोदकुमार लोनिया विजयी भएका छन् ।

यसैगरी, वडा नम्बर–३ मा संघीय समाजवादी फोरम नेपालका भण्डारी लाल यादव एक हजार ११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जमालुद्दिन खाले ५४२ मत ल्याएका छन् ।

महिला सदस्यमा फोरम नेपालकै फरिदा बानो खा, महिला सदस्यमा कुमारी लक्ष्मी पासी, सदस्यमा अलिउल्ला खाँ र आमोदकुमार तिवारी विजयी भएका छन् ।

जम्मा खसेको मत १४ हजार ५०६ मा ७५९ मत बदर भएको थियो । रासस