
नगरपालिका प्रमुखमा नेकाका केशवबहादुर चन्दले चार हजार ८३३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वीका नेकपा एमालेका नरेश विश्वकर्माले तीन हजार ३८२ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा कांग्रेस कै सरस्वती कोली तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुरा भट्टराईले तीन हजार ४५६ मत प्राप्त गरिन् ।
उक्त नगरपालिकाका वडाध्यक्षमा वडा नं २, ५, ६ र ८ मा कांग्रेसले विजय हासिल गरेको छ ।
त्यसैगरी, नेकपा एमालेले वडा नं ४, ७, ९ र १० मा विजय हासिल गरेको छ ।
माओवादी केन्द्र वडा नं १ र ३ मा विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्