१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


दोगडा केदार गाउँपालिकामा एमाले, सिगास गाउँपालिकामा कांग्रेस विजयी


0
Shares

एमालेका चक्रबहादुर कार्कीले तीन हजार १४९ मत प्राप्त गरी गाउँपालिकाका अध्यक्षमा विजयी भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा एमालेकै पार्वती ऐडी कार्कीले तीन हजार २१७ मत प्राप्त गरी विजयी भएकी छन् ।

अध्यक्षका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तारा कुँवरले दुई हजार ७९१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षको प्रतिद्वन्द्वीमा माओवादी केन्द्रकै लक्ष्मी ओडले दुई हजार २९६ मत प्राप्त गरिन् ।

बैतडीकै सिगास गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । नेकाका हरिसिंह धामीले दुई हजार ३३२ मत प्राप्त गरी विजयी भए ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा कांग्रेस कै द्रोपती चन्दले एक हजार ८५५ मत प्राप्त गरी विजयी भइन् ।

अध्यक्षको निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामसिंह साउदले एक हजार ४७३ मत प्राप्त गरे । त्यसैगरी, उपाध्यक्षको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका भृकुटी चन्दले एक हजार ४५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (रासस)