६३ वर्षीय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिरोले पुरिएको हो ।
घर पुरिँदा मल्ल, श्रीमती ५५ वर्षीय यमकुमारी मल्ल र आमा ८० वर्षीया बेलकुमारी मल्ल बेपत्ता भएको महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
घर माथिबाट आएको पहिरोले घर र गोठ पुरै पुरिएको हो ।
बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । पहिरोले सोही ठाउँका तीलबहादुर मल्लको गोठसमेत पुरिएको छ ।
वर्षाले विभिन्न ठाउँको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्