१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


भोजपुरको साल्पासिलिछोमा ६३ मत अन्तरले कांग्रेस विजयी


0
Shares

जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा गएरातिको सार्वजनिक मत परिणामअनुसार राईले एक हजार ६७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गरे ।

उपप्रमुखमा भने एमालेकै धनमाया राई सङ्घीय समाजवादी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार ४७३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी वीरकुमार राईले एक हजार २८३ मत प्राप्त गरेका थिए । (रासस)