काठमाडौं, माघ १८ । कृषि, तथा पशुपक्षी विकास मन्त्रालयले किसानको योगदानमा आधारित पेन्सनको तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले किसानसँग गुणात्मकरुपमा जोडिनका लागि किसान पेन्सनको व्यवस्था गर्न लागेको जनाएको हो ।
किसानलाई सहजरुपमा अनुदानको व्यवस्था गर्न र किसानहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनका लागि किसान परिचयपत्रकोसमेत व्यवस्था गर्न लागिएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बताए ।
कृषि उत्पादकत्वमा वृद्धि गर्नका लागि मन्त्रालयले किसान आवासीय तालिम परियोजना ल्याउन निर्देशिकासमेत तयार भइसकेको पनि उनले बताए ।
युवाहरुलाई कृषिमा प्रोत्साहनमात्र नभइ आत्मनिर्भरतातर्फ उन्मुख गर्नका लागि पनि मन्त्रालयले तयारी गरिरहेको कृषिमन्त्री खनालले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्