Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


त्रिशूलीमा खसेका व्यक्तिको उद्धार


0
Shares

                                                                              फाइल फोटो
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार नदी किनारमा ढुंगाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो ।

बिहेका लागि काठमाडौंबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नम्बरको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागाइँ सडकछेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

आइतबार बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८.३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

चाप परेर गाडी रोकिएकाबेला बाहिर निस्किएका उनी सडकछेउबाट चिप्लिएर लडेका थिए । अग्लो भीर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्धार गरेको हो । रासस