Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सप्तरीका बाढीपीडितलाई विभिन्न संघ–संस्था र व्यक्तिद्वारा राहत


0
Shares

स्थानीय विभिन्न नदीमा शनिबार आएको बाढीका कारण जिल्लाका दुईदर्जन गाउँ डुबानमा परेका छन् ।

पीडितहरुको बिचल्ली भएपछि विभिन्न संघ–संस्था र व्यक्तिले सहयोगका हात अघि बढाएका हुन् ।

नागरिक सन्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले बाढीबाट सर्वाधिक प्रभावित मलेठ गाउँका पीडितहरुलाई च्यूरा, भुजा, चामल, बिस्कुट, चाउचाउ वितरण गरेका हुन् ।

आइतबारै बाढीप्रभावित क्षेत्रमा पुगी जिल्ला समन्वय समिति, सेभ सप्तरी, सेभ नेपाल, राष्ट्रिय जनता पार्टीलगायतले राहत उपलब्ध गराएका छन् ।

कतिपय घरमा अझै दुई फिटसम्म पानी जमेका कारण बस्न–सुत्न र खाना पकाउन समस्या देखिएको छ ।