Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


प्रसूतिगृहमा सिटी स्क्यान सेवा सुरु हुने


0
Shares

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको करिब रु दुई करोड ७० लाखको लागतमा उक्त सिटी स्क्यान मेसिन खरिद गरिएको बताउँदै सो मेसिन जडान कार्य अन्तिम चरणमा पुगेको हुँदा आगामी साउनबाट सो सेवा सुरु गर्ने लक्ष्य अस्पतालले लिएको बताए ।

उनले भने, ‘मेसिन नहुँदा अस्पताल आएका बिरामीलाई सो सेवा लिन धेरै टाढा जानुपर्ने तथा गरिब, असाह्य र विपन्नलाई अन्यन्त्र महँगो पर्नेहुँदा अस्पतालमा सुरु हुने यो सेवाबाट आर्थिक अभाव भएका बिरामी लाभान्वित हुनेछन् ।’

प्रसूतिमा प्रत्येकदिन बहिरङमा कम्तीमा ६०० बिरामीले सेवा लिने गरेका छन् भने करिब ७० बिरामी भर्ना भई उपचार गराउने अवस्थाका हुन्छन् । अस्पतालमा प्रत्येक दिन ६० बढी शिशुको जन्म हुने गरेको छ । रासस