११ असार २०८२, बुधबार | Wed Jun 25 2025


सुनसरीको भोक्राहा गाउँपालिकामा सङ्घीय फोरम विजयी


0
Shares

आज बिहान घोषणा गरेको नतिजाअनुसार यादवले नेपाली काँग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

यादवले तीन हजार ५२८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिए ।

त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी भएकी छन् । उनी तीन हजार ३४३ मत ल्याई विजयी भइन् । उनले काँग्रसकी अञ्जु मेहतालाई एक हजार ३८ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । अञ्जुले दुई हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी भोक्राहा गाउँपालिकाका वडाध्यक्षहरुमा १ मा एमालेका ललित थापा, २ मा नेपाली काँग्रेसका आलम मियाँ, ३ मा सङ्घीय समाजवादीका सुकदेव यादव, ४ मा काँग्रेसका हारुन अन्सारी, ५ मा एमालेका वसरुदिन मियाँ, ६ मा सङ्घीय समाजवादीका राजेश्वरप्रसाद यादव, ७ मा रामचन्द्र यादव, विजयी भएको निर्वाचन आयोगले जनाएको छ । (रासस)