Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


शिक्षाको सबै अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड


0
Shares

सोमबार राजधानीमा भएको कार्यक्रममा सहभागी शिक्षाविद्, स्थानीय सरकार प्रमुख र वडा अध्यक्षहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा शिक्षाविद् राजेन्द्रध्वज जोशीले शिक्षक व्यवस्थापन र सिफारिसको जिम्मा केन्द्रलाई दिइयो भने शिक्षा प्रणालीमा कहिल्यै सुधार नहुने दाबी गरे ।

स्थानिय तहमा कस्तो शिक्षक चाहिन्छ उसको योग्यता कस्तो छ अथवा उसलाई विद्यार्थीप्रति जिम्मेवार कसरी बनाउने भन्ने विषय स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिए ।

स्थानीय विकास मन्त्रालयका कामु सचिव रेश्मीराज पाण्डेले स्थानिय तहले शिक्षक नियुक्त गर्नसक्ने भएपनि शिक्षकको सिफारिस र गुणस्तर परीक्षणको काम केन्द्रले नै गर्नुपर्ने तर्क गरे ।

स्थानीय तहले छुट्टै देशको जस्तो अधिकार नपाउने भन्दै उाले राष्ट्रिय रुपमा के कस्तो पाठ्यपुस्तक तय गर्ने भन्ने केन्द्रले नै निधारण गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरुले स्थानीय तह अनुसारको पाठ्यक्रम बनाउनु पर्ने माग गरेका थिए ।