११ असार २०८२, बुधबार | Thu Jun 26 2025


नेपालगन्ज उपमहानगरमा राप्रपाका राणा विजयी, अन्य उपमहानगरमा कसको अग्रता ?


0
Shares

राप्रपाका उम्मेदवार धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर उपमहानगरपालिमा जित हात पारेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनौडियाले ८ हजार ७ सय ३० मत प्राप्त गरे ।

स्थानीय तहको चुनावमा राप्रपाले उपमहानगरपालिकाका पहिलो जित हात पारेको हो । उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापामगर विजयी भएकी छन् ।

उनले १० हजार ७ सय ३१ मत ल्याइन् । उमाका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी रमारानी वैश्यले ८ हजार ९ सय २४ मत प्राप्त गरिन् ।

यसैगरी दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपाने विजयी भएका हुन् ।

थारु बाहुल्य रहेको दाङमा पहिलो पटक यो समुदायबाट नगर प्रमुखमा नरुलाल चौधरी निर्वाचित भएका हुन् ।

दोस्रो चरणमा स्थानीय तह निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्येको एक मात्र महानगरपालिका विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै गरेका छन् ।

कांग्रेसका उम्मेदवार भीम पराजुलीले एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार विनोद ढकाललाई पछाडि पार्दै मतगणनामा अग्रता लिइरहेका छन् ।

त्यसैगरी निर्वाचन भएका अन्य पाँच वटा उपमहानगरपालिकामध्ये चार वटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसले अग्रता लिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

सुनसरीको ईटहरी र धरान, रुपन्देहीको बुटवल र दाङको तुल्सीपुर उपमहानगरपालिकामा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।