
संघीय समाजवादी फोरमले विरोध जनाएपछि मत गणना स्थगित गरिएको हो ।
आफ्नो मत नेकपा मालेका उम्मेद्धवारलाई परेको भन्दै संघीय समाजवादी फोरमले विरोध जनाएको हो । यस्तै कञ्चनपुरको पुनरवास नगरपलिकामा मत गणना स्थगित गरिएको छ ।
एक नम्बर वडामा खसेको मत भन्दा करिव एकसय मत बढी खसेपछि नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा लगाएतका पार्टीहरुले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।
सोमबार सर्वदलीय बैठक बसी सीसी टिभी जडान गर्ने निर्णय गरी पुनः मतगणना गर्ने भनेपनि मत गणना हुन सकेको छैन ।
सीसी टिभी जडान गर्ने निर्णय गर्ने भने संगै माओवादी केन्द्रले पुनरवास नगरपालीकामा मत गणना भैसकेका वडाहरु ३, २, र ४ मा पुन मत गणना गर्नुपर्ने अडान लिएको छ ।
प्रतिक्रिया दिनुहोस्