
-दीपक घिमिरे/ईमेज
रुपन्देहीका १६ वटा स्थानीय तह मध्ये फोरम लोकतान्त्रिक यो पहिलो जित हो । सम्मरीमाईमा फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मत ल्याएर विजय भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका विनोद श्रीवास्तव २१९६ मत ल्याए । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका अजय शुक्लाले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । कांग्रेसकी कुमारी प्रियंका शाही सिंहले २८१६ मत ल्याएर विजयी भइन् ।
उनकी निकटम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी कमलावती अहिरले २१५० मत ल्याएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्