
गएराति भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले ६ हजार ९०९ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भए ।
यस्तै, उपप्रमुखमा पनि एमालेका उम्मेदवार भीमकुमारी राउतले सात हजार ५१७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताए ।
प्रमुख पदमा श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानेन्द्रमान सिंह राउतले ६ हजार ७३५ मत प्राप्त गरेका छन् भने उपप्रमुखका उम्मेदवार कांग्रेसकै निर्मला कार्कीले पाँच हजार ८८७ मत प्राप्त गरिन् ।
यता नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार केपी बरालले पाँच हजार ५६४ मत प्राप्त गरेर तेस्रो मत ल्याए ।
अहिलेसम्मको परिणामअनुसार उदयपुर जिल्लाका आठ स्थानीय तह (चार गाउँपालिका र चार नगरपालिका)मध्ये नेकपा एमालेले तीन गाउँपालिका र कटारी नगरपालिकासहित चार स्थानमा विजय हासिल गरिसकेको छ । यता, चौदण्डीगढी नगरपालिकामा कांग्रेसले विजय हासिल गरेको छ भने अहिले त्रियुगा नगरपालिकाको मतगणना जारी रहेको छ ।
यस्तै, बेलका नगरपालिकामा मतगणना कार्यमा विवाद भएपछि स्थगित भएको छ भने एक गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्