११ असार २०८२, बुधबार | Thu Jun 26 2025


केराबारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले


0
Shares

सो गाउँपालिकामा कांग्रेसका रोहितबहादुर कार्की पाँच हजार ४९९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत खरुदेव चुडालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापाले पाँच हजार २१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी शान्तिकुमार लिम्बू पाँच हजार ७४७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कल्पना कटुवालले चार हजार ६१२ मत प्राप्त गरिन् । (रासस)