Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बाघ देखेर भागेका बालक तीन दिनपछि भेटिए


0
Shares

गाउँका अन्य दुई साथीसँगै लुकिछिपी शुक्लाफाँटामा जंगलीच्याउ खोज्न हिँडेका कन्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ११ वर्षीय सुनिल चौधरीलाई निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गणको टोलीले निकुञ्जभित्र फेलापारेको छ ।

सामान्य चोटपटक लागेको अवस्थामा भेटिएका चौधरीलाई सेनाले परिवारको जिम्मा लगाएको भवानीबक्स गणले जनाएको छ ।

तीनजना बालकले शुक्लाफाँटामा च्याउ खोज्दै जाँदा जंगलमा बाघ देखेपछि भागेका थिए । अन्य दुईजना बालक सोमबार घर फिर्ता भएका थिए ।

परिवारको आग्रहपछि सेनाले हराएकै दिनदेखि चौधरीको खोजीकार्य थालेको थियो । रासस