स्थानीय जग्गाधनीले करिब ९ महिनाअघि मापदन्डविपरीत माटो उत्खनन् गरी इँटाभट्टालाई बिक्री गरेपछि खानेपानीको स्रोत गुमेको स्थानीयको भनाइ छ ।
८ घनमिटर क्षमताको खानेपानी ट्यांकीको चारैतिरबाट माटो उत्खनन् भएपछि ट्यांकी धरापमा परेको हो ।
चाँगुनारायण नगरपालिका–९ फौढोका, पण्डितटोलमा करिब २०० घरधुरी छन् ।
अवैधानिकरुपमा माटो उत्खनन् गरी जग्गाधनीले इँटाभट्टालाई माटो बेच्न थालेयता स्थानीय पानी उपभोग गर्नबाट बन्चित भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्