Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते


0
Shares

इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नम्बरको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक दुबैको नाम र ठेगाना भन्ने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी बुद्धशान्ति गाउँपालिका–४ की पैदलयात्री ६० वर्षीया सन्तमाया तामाङको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । रासस